- संगालोखबर सम्वाददाता

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका-७ सुभाङमा  तमोर नदीले बगाएर १ जना भारतीय नागरिक बेपत्ता भएका छन् ।

Advertisement

बिहान ११ बजेको समयमा तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने क्रममा ३ जना भारतीय नागरिकहरु नदीमा पौडी खेलेर नदी पार गर्ने क्रममा सोही कम्पनीका कामदार बर्ष १९ को मन्जुरी हकलाई नदीले बगाई बेपत्ता बनाएको हो भने २ जनाले नदी पार गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ तत्काल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथर र प्रहरी चौकी जोरपोखरीबाट प्रहरी टोली खटि गई खोजी कार्य भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!