संगालोखबर सम्वाददाता

धनकुटा, २५ बैशाख । नेपाली कांग्रेसले मुलुकभर सुरु गरेको राष्ट्रिय जागरण अभियान अन्र्तगत बुधबार धनकुटामा पनि जुलुश प्रदर्शन गरिएको छ । कांग्रेसले जुलुश प्रदर्शन गर्दै एक महिने जागरण अभियान सुरु भएको उद्घोष गरेको हो ।

Advertisement

जिल्ला पार्टी कार्यालयबाट सुरु भएको जागरण ¥यालीले धनकुटा बजारका बिभिन्न भागको परिक्रमा गरेको थियो । बजार परिक्रमा पश्चात बसपार्कमा पुगेर जागरण अभियान उद्घाटन कार्यक्रम र जागरण सभा गरिएको हो ।

अभियानका लागि केन्द्रिय प्रतिनिधिका रुपमा नेता एवं पूर्व राज्यमन्त्री दिपक खड्का धनकुटा आएका थिए । सभालाई संबोधन गर्दै नेता खड्काले अव कांग्रेस नयाँ ढंगले अघि बढेकाले कांग्रेस देशभरी सशक्त हुने धारणा राखे ।

गाउँ–गाउँदेखि पार्टीलाई सशक्त बनाउने उदेश्यले मुलुकका ७७ वटै जिल्लामा एक महिने जागरण अभियान सञ्चालन गरिएको कांग्रेसले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!