
धनकुटा, २५ वैशाख । धनकुटालाई प्रादेशिक राजधानी नबनाएको बिरोधमा बुधबार पनि चक्काजाम गरिएको छ । बिराटनगरलाई राजधानी घोषणा गरिएपछि आक्रोशित जिल्लाबासीले दवावमूलक आन्दोलन जारी राखेका छन् ।
सोहि क्रममा अपरान्ह ३ देखि ४ बजेसम्म चक्काजाम गरिएको हो । धनकुटाको माग संबोधन नगरिएको भन्दै आक्रोशित जिल्लाबासीले जिरोपईन्ट स्थित कोशी राजमार्गमा भेला भएर एक घण्टा चक्काजाम गरेका हुन् ।
यसअघि मंगलबार पनि कोशी राजमार्गमा एक घण्टा चक्काजाम गर्नुका साथै साँझ ‘ब्लाकआउट’ गरेर बिरोध जनाईएको थियो । राजधानी घोषणा गरिएको बैशाख २३ गतेलाई धनकुटाबासीले ‘कालो दिन’ भनेका छन् ।
प्रशासनीक गौंडा हुँदै यसअघि पूर्वाञ्चल बिकासक्षेत्रको सदरमुकाम रहेको धनकुटाको अस्तित्व, पहिचान र ईतिहास मेट्न खोजिएको भन्दै आक्रोशित उनीहरुले अब प्रदेश सरकारले धनकुटालाई जिवन्तता दिन बिशेष संबोधन गर्नुपर्ने माग अघि सारेका छन् ।
धनकुटामा मेडिकल कलेज, कर, श्रम र पर्यटन लगायत कार्यालय राखेर जिल्लाको अस्तित्व मेटिनबाट जोगाईनुपर्ने उनीहरुको माग छ । यसका लागि आन्दोलन परिचालन समितिको नेतृत्वमा आन्दोलन भईरहेको छ ।
अब पनि जिल्लाको माग संबोधन नभएमा आन्दोलनको आधिवेहरी ल्याउँने आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले चेतावनी दिए ।















