बिराटनगर, २० बैशाख । प्रदेश नं. १ को नाम कोशी राख्नका लागि नेकपा भित्र सहमति जुटेको छ । प्रदेश १ को बहुमतप्राप्त सत्तारूढ नेकपा भित्र सहमति जुटेपछि प्रदेशको नाम कोशी रहने लगभग पक्कापक्की भएको हो ।

Advertisement

नेकपा भित्र पनि यसको नाम राख्न दुईथरी प्रस्ताव थिए। साविक एमाले सांसदहरु कोशी प्रदेश नाम राख्नुपर्ने र विकल्पमा सगरमाथा नाम राख्नुपर्ने पक्षमा थिए भने साविकका माओवादी सांसदहरु कोशीसँग किरात शब्द जोड्नुपर्ने पक्षमा थिए।

दुवैले आफ्ना आफ्ना अडान छोडेर  कोशी नाम नै राख्ने सहमति जुटेको प्रदेश १ मन्त्रिपरिषद्का एक सदस्यले बताए। ‘कोशी प्रदेश नाम हुने भयो। यसमा सहमति जुट्यो,’ मन्त्रीपरिषद्का ती सदस्यले  भने, ‘राजधानीको विषयमा अझै टुङ्गो छैन।’

नेकपा मन्त्रिपरिषद्का सदस्यहरु विराटनगरलाई नै राजधानी बनाउनुपर्ने पक्षमा छन्। तर नेकपा भित्रकै सांसदहरु भने राजधानीलाई लिएर विभाजित छन्। कतिपय सांसदहरुले ‘इटहरी’ राजधानी राख्न प्रस्ताव गरेका छन् ।

धनकुटाको विषयमा समेत व्यापक छलफल भएको छ। तर धनकुटामा मुख्यन्त्रीको सम्पर्क कार्यालय राखेर धनकुटाको विवाद समाधानको प्रयास मुख्यमन्त्रीले गरेका छन्।

प्रदेश १ को सभाबाट नाम र राजधानी प्रस्ताव गर्ने समय वैशाख २२ सम्म थपिएको छ।

२२ गते अघि नै नाम र राजधानी घोषणाको तयारी सरकारले गरेको छ। तर प्रदेशमा विवाद बढेपछि नेकपाका नेताहरुले पार्टी केन्द्र र प्रधानमन्त्रीसँग समेत राय परामर्श लिनुपर्ने धारणा राखेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!