- संगालोखबर सम्वाददाता

विराटनगर, १९ बैशाख । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामको टुंगो लगाउँन नेकपा आन्तरिक गृहकार्यमा जुटेको छ । यसका लागि आज बिहानैदेखि नेकपाले पटक-पटक छलफल गरिरहेको छ । बिराटनगरको बिग होटलमा बिहान ८ बजेदेखि शुरु भएको छलफलमा पार्टी भित्र नाम र राजधानीको बिषयमा एक मत गराउने प्रयास जारी रहेको नेकपा स्रोतले जनाएको छ ।

Advertisement

नेकपाका साबिकका सगरमाथा अञ्चलका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र मोरङका सांसदहरु छलफलमा रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिए । बैठक सकिए लगत्तै नेकपाका मोरङ बाहेकका कोशी र मेची अञ्चलका सांसदहरुसँग छलफल हुनेछ ।

बैठकमा नेकपाको प्रदेश कमिटी इन्चार्ज भीम आचार्य, सह–इन्चार्ज साबित्रिकुमार काफ्ले, मुख्यमन्त्री शेरधन राई, संयोजक देवराज घिमिरे र सचिव सुरेशकुमार रार्ईसहित सहभागी छन् ।

नेकपा भित्रको विवादलाई हल गरिए लगत्तै प्रदेश सभाभित्र प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राप्रपा, र संघीय लिम्बुवान राष्ट्रिय मञ्चसँग नेकपाले छलफल गर्दैछ । सर्बदलिय बैठक पछि मात्र नेकपाको संसदीय दलको बैठक बस्ने बताईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!