केही वर्षयता हरेक हप्ता दुईभन्दा बढी नेपाली फिल्म एकअर्कासँग जुध्दै आएका छन् । भिडन्तको मारले कयौं निर्माताहरुको विल्लीबाठ भएको छ । ‘छक्का पञ्जा’ सिरिजबाहेक अन्य फिल्मले कमै सोलो रिलिज पाउँछन् । कतिपय निर्माताहरु इगो साध्न पनि फिल्म जुधाउने गरेका छन् । तर, यो नेपाली फिल्मको हकमा मात्र । हलिउड/बलिउडका फिल्मसँग जुधाउन त दरिलो मुटु सायदै नेपाली निर्मातासँग छ ।

Advertisement

जब प्रतिक्षीत हलिउड/बलिउडका फिल्म रिलिज हुन्छन् तब दुई/तीन हप्तै कुनै नेपाली फिल्म रिलिज हुँदैनन् । बर्षौदेखि हलिउड/बलिउडका फिल्मसँग जुध्न ठूला स्टारका नेपाली फिल्मले समेत आँट जुटाउन सकेका छैनन् । स्वदेशी दर्शकहरु पनि नेपालीभन्दा विदेशी फिल्मप्रति बढी चासो राख्ने हुँदा निर्माताहरु विदेशी फिल्मसँग जुध्नु भनेको ‘चुर्लुम्म डुब्नु’ सम्झन्छन् । तर, घरकै फिल्मसँग भिड्न भने कसैमा डर देखिन्न ।

मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ पनि एक हलिउड फिल्मका कारण घोषित मिति बैशाख १३ मा प्रदर्शनमा नआउने भएको छ । यो मितिमा हलिउडको बहुप्रतिक्षीत फिल्म ‘एभेन्जरः इन्ड गेम’ रिलिज हुँदैछ । ‘दाल भात तरकारी’ टिमले प्राविधिक काम नसकिने भएपछि प्रदर्शन मिति सारेको बताएको छ । तर, यो छुटकारा पाउने बहाना मात्र हो । यथार्थमा ‘एभेन्जर’ ले मल्टिप्लेक्स कब्जा गर्ने हुँदा ‘दाल भात तरकारी’ पछाडि सरेको हो ।

अब यो फिल्म बैशाख २० मा रिलिज हुने तय भएको छ । अर्थात् पूर्वघोषित मितिभन्दा एकहप्ता पछाडि । यो फिल्मको दोस्रो गीत शुक्रवार दिउँसो सार्वजनिक हुँदैछ । गीतसँगै निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गर्दैछ । सुदन केसीको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मालगायतका कलाकारहरुको अभिनय छ । महसंचारको ब्यानरमा फिल्म बनेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!