काठमाडौं । पूर्व मिस नेपाल नीकिता चण्डक भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शाे’मा अतिथिको रुपमा देखिने भएकी छिन्। सो कुराको जानकारी नीकिताले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत फोटो राखेर दिएकी हुन् ।तर नीकिताले ‘सो’को कुन अङ्कमा आफू देखिन लागेको भन्ने बारे प्रष्ट्याएकी छैनन् ।

नीकिताले ‘सो’को पात्र किकु सर्दासँग खिचाएका फोटोे इन्स्टाग्राममा राख्दै ‘र हामीहरुको भेट भयो, कपिलको शोमा बोलाएकोमा धन्यबाद’ लेखेकी छिन्।
सर्दा कमेडियन हुन्।

क्याप्सनमा उनले किकु सर्दाको काम प्रतिको लगनशीलताको पनि प्रशंसा गरेकी छिन्।
सर्दा ‘कपिलको शो’ का एक पात्र हुन् । उनले शोमा प्रायः महिला बनेर अभिनय गर्ने गर्दछन् ।’द कपिल शर्मा शो’ भारतीय टेलिभिजनको चर्चित शो हो ।

प्रतिक्रिया दिनुहोस्

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!