काठमाडौँ, ११ कात्तिक । अबदेखि बेमौसमी महिनामा विवाह नहुने भएको छ। केही वर्षयता पण्डितले भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा पनि साइत निकाल्दै विवाह गराएपछि कर्मकाण्डमा अनेक विकृति फैलिएको ठहर गर्दै अबदेखि पण्डितहरूले यी बेमौसमी महिनामा विवाह गर्न नपाउने संहिता बनाएका हुन्। देशभरका पण्डितको पाँचौं सम्मेलनले यस्तो निर्णय र निर्देशन गरेको हो।

Advertisement

‘भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा विवाह गर्ने कार्यलाई नितान्त बन्द गर्ने विषयमा यो सम्मेलन मुलुकभरका सबै पण्डितलाई निर्देशन र आह्वान गर्दछ’, राजधानीमा दुई दिन चलेको सम्मेलनको अन्तिम दिन शनिबार १५ बुँदे घोषणापत्र जारी गर्दै घोषणापत्रका संयोजक एवं संस्कृतिविद् श्रीकृष्ण अधिकारीले भने।

सम्मेलनमा पण्डितहरूको आचरण, अध्ययन, कर्मकाण्डी तरिका, लोभलालच, अल्पज्ञान र अनावश्यक निर्णय तथा निर्देशन गर्ने विषयमा गहन ढंगले आवाज उठेपछि यस्तो निर्णय गरिएको थियो। उनले थपे, ‘अबदेखि यी महिनामा विवाह गर्ने काम बन्द गरौं, कसैले सोधेमा वा साइत निकाल्न भनेमा स्पष्ट रूपमा हुँदैन, गर्दैनौं भनिदिनोस्।’ आजको अन्नपूर्ण पोष्टमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!