पर्वत, ११ कात्तिक । महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको  छ ।

अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछि पर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् । गाउँपालिकाभित्रका वडाहरूमा बाँदरले कृषकको बाली खाइदिने तथा नष्ट गर्ने समस्याबाट पीडित भएपछि अभियान सञ्चालन भएको थियो ।

Advertisement

महाशीला गाउँपालिकाले बाँदर समात्नका लागि भारतबाट पाँचजनाको टोली ल्याएको छ । एउटा बाँदर समातेको दुई हजार रुपैयाँ दिने गरी सम्झौता गरेको कार्यकारी अधिकृत किसन क्षेत्रीले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ  ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!