- ईश्वर थापा/संगालोखबर

धनकुटा, १९ साउन । धनकुटामा शनिवारबाट ‘ए वान स्टार’ को अडिसन सुरु भएको छ । धनकुटा सिनेमा हलको प्रांगणमा भएको अडिसनमा जिल्लाका ५५ जना गायन र ३६ जना नृत्य विधामा सहभागि भएका छन् ।

Advertisement

नेपाल्स ए वान स्टार इभेन्टस्ले आयोजना गरेको प्रतियोगिताको स्थानीय संयोजन हाम्रो बहुमुखी पाठशालाले गरेको छ । शनिबार भएको पहिलो छनौट चरणबाट छानिएकाहरुलाई आईतबार पुनः छनौट गरि दोस्रो चरणमा लगिने हाम्रो बहुमुखी पाठशालाका संयोजक सरोज भुजेलले बताए ।
कला र कलाकारको सम्मान र खोजी गर्ने उद्धेश्यले गरिएको ‘ए वान स्टार’ को यसअघि चितवन, हेटौंडा, बिरगंज र ईटहरीमा अडिसन भएको थियो ।

मुलुकका २१ स्थानमा अडिसन गर्ने लक्ष राखेको आयोजकले अव झापा, नवलपरासी, भुमाइ, बुटवल, कोहलपुर, बर्दिया, धनगढी, पोखरा, लमजुङ, गोरखा, काठमाडौं र दाङमा पनि अडिसन गर्ने जनाएको छ । गायनमा बरिष्ठ संगीतकर्मी तिर्थराज पोख्रेल, गायिका दिपा लामा र संगीतकर्मी रेगन क्षत्री निर्णायकको भूमिकामा रहनेछन् ।

यता, नृत्यमा अन्तर्राष्ट्रिय संस्कृतिकर्मी तथा संगीतकर्मी सन्तोष लामा, नायक सुशान कार्की र चलचित्र बितरक तथा निर्माता शिवराज कार्की निर्णायक हुनेछन् ।

नवकलाकारहरुको प्रतिभा कदर गर्दै बिना टिकेटिङ्ग भोटिङ्ग कार्यक्रम हुँने बताईएको छ । ‘ए वान स्टार’ को गायन विधाका विजेताले दुई लाख नगदसहित तीन वटा गीत रेकर्डिङ गराउँन पाउँनेछन् ।

नृत्य विधाका विजेताले पनि नगद दुई लाखसहित तीन वटा म्यूजिक भिडियोमा अभिनय गर्न पाउँने बताईएको छ । त्यस्तै दुवै विधाका फस्ट रनरअपले १ लाख र सेकेन्ड रनरअपले ५० हजार नगदसहित विधा अनुसार एक/एक ओटा गीत रेकर्डिङ तथा म्युजिक भिडियोमा अभिनय गर्न पाउँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!