काठमाडौं। नेपाली महिलाहरुको महान पर्व तीजलाई लक्षित गर्दै यस सम्बन्धि गीतहरु बजारमा आइरहेका छन् । यसै मेसोमा हरि सुवेदीको तीज गीत ‘मैले त मन्त्र पढे तिम्रै नामको….’ सार्वजनिक भएको छ ।

Advertisement

एञ्जिला रेग्मीको स्वर, पारु सुवेदीको शब्द, भीम विसीको सङ्गीत रहेको ‘मैले त मन्त्र पढे तिम्रै नामको….’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोलाई हरि सुवेदीले निर्माण गरेका हुन् ।

घनश्याम खतिवाडाको निर्देशनमा तयार भएको गीतको भिडियोमा नायिका सारिका घिमिरे कम्मर मर्काएकी छन् भने उनलाई निक्लोस अर्यालले साथ दिएका छन् ।

पछिल्लो समयमा अभिनय सँग सँगै आफूलाई गायन क्षेत्रमा होमेकी सारिका घिमिरे अभिनित भिडियो उत्कृष्ट बनेको छ ।

‘मैले निर्माण गरेको तीज गीतको यो पहिलो भिडियो हो, यस तीज गीतले तीजको मौलिकतालाई आत्मसाथ गरेको छ, हाम्रो प्रयासले पक्कै पनि स्रोता/दर्शकको साथ पाउँने छ’, हरिले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!