काठमाडौँ, २४ असार । गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ। करिब दुई महिनाको गृहकार्यपछि मस्यौदा तयार भएको हो।

Advertisement

नेपाल प्रहरीमा सधैं विवादको विषय बन्ने गरेको ३० वर्षे सेवा अवधि संघीय प्रहरी ऐनको मस्यौदामा पनि यथावत राखिएको छ। तर पदावधि र उमेर हद भने परिवर्तन गरिएको छ ।

मस्यौदामा प्रहरीका सिपाहीदेखि उच्च तहका अधिकृतले ३० वर्ष मात्रै प्रहरी प्रशासनमा सेवा गर्न सक्नेछन्। तर, सेवावधिअगावै उमेरहद पार गरे जुनसुकै तहकाले साही दिन अवकाश पाउनेछ।

प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको उमेरहद ५८ वर्ष, डीआईजी र एसएसपीको ५७, इन्सपेक्टरदेखि एसपीको ५६ र जवानदेखि सईसम्मको ५५ वर्ष तोकिएको छ।

मस्यौदाअनुसार प्रहरीको जुनियर अधिकृत र जवानको भर्ना प्रदेश सरकारले लिनेछ। यसभन्दा माथिका दर्जाको भर्ना संघीय सरकारले लिने व्यवस्था छ। यस्तै, प्रदेश प्रहरी संगठन प्रमुखमा डीआईजी हुने व्यवस्था गरिएको छ ।

आईजिपीको पदावधि तीन बर्ष 

गृह मन्त्रालयका अनुसार मस्यौदामा प्रहरी महानिरीक्षक आईजिपी को पदावधि एक बर्ष घटाएर तीन बर्ष मात्रै कामय गरिएको छ ।
अहिले पदावधि चार बर्ष छ ।  अआईजीपको पदावधिमा तीन बर्ष घटाएर दुई बर्षमा झारिएकोे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!