काठमाडौँ, १८ असार । प्रमुख विपक्षी कांग्रेसले संसद् अवरोध गर्ने चेतावनी दिएपछि सरकारले चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक रोकेको छ। सरकारले नियम निलम्बन गरी फास्ट ट्रयाकबाट आइतबार नै प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको थियो।

Advertisement

प्रतिस्थापन विधेयकको विरोधमा डा. गोविन्द केसीले आमरण अनशन सुरु गरेपछि प्रमुख विपक्षी कांग्रेसले विधेयकको विरोधमा संसद् अवरोध गर्ने चेतावनी दिएको थियो।

असार २१ भित्र प्रतिस्थापन विधेयक पारित नभए स्वतः निस्क्रिय भई यसअघि अध्यादेशअनुसार चिकित्सा क्षेत्रमा गरिएका व्यवस्था पनि खारेजमा पर्नेछन्।

वैशाख २३ मा संसद अधिवेशन सुरु भएपनि सरकारले शनिबार मात्र संसदमा प्रतिस्थापन विधेयक दर्ता गरेको थियो।,  आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!