काठमाडौँ, १८ असार । अर्धसैनिक प्रकृतिको शसस्त्र प्रहरी बलको नयाँ संरचना तयार भएको छ । संघिय संरचनामा जाने उद्धेश्यका साथ यो संरचना तयार गरिएको हो । जस अनुसार प्रत्येक प्रदेशमा बाहिनी स्थापना गरिने भएको छ ।
उपत्यका हेर्न छुट्टै बाहिनी तथा हाल रहेको सिमा सुरक्षा कार्यालयलाई गणमा स्तरोन्नती गर्नुका साथै सवै बोर्डर आउट पोष्टको अनाश्रित संरचना हटाइएको छ । अव विओपी स्थायीबाट अस्थायी प्रकृतिका भएका छन् ।
नयाँ संरचना अनुसार प्रदेश नम्वर १ मा २१ वटा यूनिट रहने भएको छ । जसमा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा गण स्थापना हुने भएको छ । ती जिल्लामा १४ वटा गुल्म रहने भएको छ । जसमा दुइ वटा भन्सार गुल्म, दुई उद्योग र दुइ वटा आश्रित गुल्म रहने भएको छ । सोही प्रदेशमा एक शिक्षालय समेत रहने भएको छ ।
नयाँ संरचना अनुसार हाल रहेका पाथिभरा गण झापा, कंकालिनी गण मोरङ, सिद्धकाली गण सुनसरी तथा औद्योगिक सुरक्षा गण समेत समायोजनमा परेको छ । समायोजनामा परेको मध्य पाथिभरा गण झापा जवान तालीम शिक्षालयको रुपमा रुपान्तरण भएको छ ।
यस्तै सात वटै प्रदेशमा तालिम शिक्षालय स्थापना गर्ने लक्ष्य रहेकोमा हाललाई दरवन्दी सिमितताको कारण बिद्यमान पाँच वटा तालिम शीक्षालयलाइ निरन्तरता दिइने तयारी थालिएको छ । यस्तै छुट्टै दरवन्दी सृजना नभएको तालिम शिक्षालयलाई हालकै दरबन्दीबाट कर्मचारी परिचालन गरिनेछ ।
यस्तै सशस्त्रको फर्मसन तथा इकाइ संख्यामा फेरबदल भएको छ । जस अनुसार १३ जनाको सेक्सनलाइ १०, ४६ जना रहने प्लाटुनलाइ ३५, एक सय ६० जना रहने फाइटिङ कम्पनी एक सय १४, दुइ सय ३६ जना रहने अनाश्रित गुल्मलाई एक सय ६०, सात सय ६१ जना रहने गणलाई ६ सय २१, एक सय २६ जना रहने तालीम शिक्षालयमा एक सय ७६ जना रहनेछन् । यसैगरी, एक सय ६४ जना रहने बाहिनीमा तीन सय ३५ रहनेछन् ।
यस्तै वाहिनी पाँच बाट आठ, शिक्षालय पाँचबाट १० , गण २७ वाट ३६ , गुल्म ३८ वाट ५६ तथा २१ सिसुका र ८७ विओपीको अनाश्रित संरचना हटेको छ । नेपाल समाचारपत्रमा खबर छ ।