काठमाडौँ, २ असार । बेतलबी बिदा लिएर विदेश जाने तर फर्केर कार्यालयमा हाजिर गर्न नआउने कर्मचारीलाई सरकारले लगाम लगाउने भएको छ ।

Advertisement

यसैगरी आफूखुसी अध्ययन बिदामा विदेश जाने कर्मचारीलाई पनि सरकारले लगाम लगाउने भएको समाचार आजको नागरिकमा समाचार छापिएको छ ।

सरकारले बेतलबी बिदा बसेका कर्मचारी बिदा अवधि सकिएपछि अनिवार्य रुपमा कार्यालयमा हाजिर हुन आउनुपर्ने प्रावधान राख्दै संघीय निजामति सेवा ऐन २०७५ को मस्यौता तयार गरेको छ ।

मस्यौदामा कर्मचारीहरु आफूखुसी अध्ययन भ्रमणका नाममा विदेश जान नपाउने प्रावधान राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!