काठमाडौँ, ९ जेठ । नेपालका सरकारी निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण मागेको फेसबुकले सार्वजनिक गरेको छ ।

Advertisement

यसैसाता उसले सार्वजनिक गरेको ट्रान्सपरेन्सी प्रतिवेदनमा नेपालबाट पटकपटक गरी १ सय १० फेसबुक एकाउन्टको विवरण मागेको जनाएको छ ।

तीमध्ये केहीको मात्रै विवरण उपलब्ध गराएको फेसबुकको प्रतिवेदनमा छ । सन् २०१७ को जनवरीदेखि जुनसम्ममा नेपाल सरकारका विभिन्न निकायबाट ४३ पटकमा ६७ वटा एकाउन्टसम्बन्धी विवरण माग भएको थियो ।

तीमध्ये ४१ एकाउन्टको विवरण कानूनी प्रक्रियाका क्रममा माग गरिएको थियो । दुईवटा एकाउन्ट विवरण भने आपतकालीन परिस्थितिमा माग भएको पनि प्रतिवेदनमा उल्लेख छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!