काठमाडौँ, ९ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई मंगलबार मोरङ अदालतमा उपस्थित गराई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइको छ। अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाइन्सको उडानबाट मंगलबार विराटनगर ल्याएको हो।

Advertisement

उप्रेतीलाई ल्याइएको विमान मंगलबार दिउँसो ३ बजे विराटनगर विमानस्थलमा अवतरण गरेको थियो। चर्चित सुनकाण्ड र सनम हत्याकाण्डका मुख्य आरोपित गोरेको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई भने प्रहरीले छक्याएको थियो।

विमान अवतरण गरेपछि गोरेलाई भीआईपी र सर्र्वसाधारणले प्रयोग गर्ने बाटोको साटो विमानस्थलको सुरक्षार्थ राखिएको नेपाली सेनाको पूर्वपट्टि ब्यारेकभित्रको बाटो प्रयोग गर्दै बाहिर निकालिएको थियो।

सो ठाउँबाट जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर गोरेलाई जिल्ला प्रहरी कार्यालय मोरङ पुर्याइएको  छ। गोरेलाई विमानस्थलबाट ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी निशान थापाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।

समितिले सुनकाण्डमा संलग्न अन्य व्यक्तिहरू पक्राउ गरे पनि मुख्य योजनाकार गोरेलाई भने पक्राउ गर्न सकेको थिएन। सुनकाण्डका संलग्न प्रहरीका उच्च अधिकृत नै पक्राउ गरे पनि मुख्य योजनाकार गोरे फरार भएका थिए।

तर मंगलबार बिहान काठमाडौँ महानगरपालिका–८ गौरीघाटबाट पक्राउ गरिएको गोरेलाई छानबिन समितिले पक्राउ गर्न सफल भएको थियो।

सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा साढे ३३ किलो सुनकाण्डको अनुसन्धान गर्न छानबिन समिति गठन गरेको थियो।

टोलीले साढे ३३ किलो सुनका मुख्य अभियुक्त गोरे फरार भएपछि नेपाल र छिमेकी मुलुक भारतमा गरिएको अनुसन्धानबाट उनी काठमाडौँ आएको सूचनाका आधारमा पक्राउ गरेको बताएको छ। टोलीले मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गोरेलाई सार्वजनिक गरेको हो।, आजको नेपाल समाचारपत्रमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!