काठमाडौं, ८ जेठ । मलेसियाले रोजगार भिसा प्रक्रियाका लागि पहिलो चरण मानिएको इमिग्रेसिन सेक्युरिटी क्लियरेन्स (आईएससी) को काम अर्को सूचना जारी नभएसम्मका लागि सोमबारदेखि बन्द गरेको छ ।

Advertisement

कान्तिपुर दैनिकका अनुसार कामदारलाई आर्थिक भार पर्नेगरी मलेसियाले एकतर्फी रुपमा लागू गरेका ५ वटा संयन्त्रहरुलाई सरकारले हटाइदिएपछि मलेसियाले आईएससी काम रोकेको हो ।

आईएससीको काम गर्न मलेसियाले जीएसजी सर्भिस नेपाल प्रालिलाई ठेक्का दिएको थियो ।

मलेसिया जाने कामदारको विगतका आपराधिक क्रियाकलाप पत्ता लगाउन भन्दै आईएससी गरेबापत कामदारसँग ३ हजार २ सय रुपैयाँ उठाउँदै आएको थियो ।

नेपाली नागरिकको फिगरिङ गर्न गृहबाट समेत अनुमति नलिई जीएसजीले मलेसियाको नीति भन्दै जबर्जस्ती गर्दै आएको समाचारमा उल्लेख छ ।

काठमाडौंस्थित मलेसियन दूतावासले नेपाल सरकारको अनुसन्धानलाई सहयोग पुर्याउन आईएससीको काम बन्द गराएको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!