काठमाडौं, ३१ वैशाख। सदाबहार अभिनेत्री करिश्मा मानन्धरको दोस्रो पुस्ता अर्थात्, छोरी कविता मानन्धरले फिल्ममा डेब्यू गर्ने भएकी छिन् । करीब ३ दशकदेखि नेपाली फिल्ममा सक्रिय करिश्माले आफ्नी छोरीलाई अभिनेता शिव श्रेष्ठको निर्माण रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यू गराउन लागेकी हुन् ।
यो चलचित्रबाट नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ पनि चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । चलचित्रमा शिवका छोरा शक्ति र करिश्माकी छोरी कविताको रोमान्स हेर्न सकिनेछ ।
यो चलचित्रमा अन्य २ रियल लाइफ प्रेम जोडी पनि छन् । नायक आयुष्मान देशराज जोशी र नायिका पि्रयंका कार्की, नायक संजोग कोइराला र नायिका बर्षा राउत यो चलचित्रमा मुख्य भूमिकामा छन् ।
चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरिरहेका छन् । करिश्माकी छोरी कविताको डेब्यू बारेमा दिपेशले भने-‘कथावस्तुको डिमाण्ड अनुसार नै कविताजीलाई राखिएको हो । चलचित्रको कथामा केही मोटी यूवतीको आवश्यकता छ । जसमा कविताजी फिट भएर राखिएको हो ।’