काठमाडाैँ, ३१ वैशाख । झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त देश भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा मागअनुसार विद्युत् आपूर्ति नभएको भन्दै पहिलो पटक लोडसेडिङ घोषणा गरेको थियो । त्यति बेला प्राधिकरणले ठाउँ विशेष हेरेर हप्ताको एक दिन एक घण्टा लोडसेडिङ गरेको थियो ।

Advertisement

प्राधिकरणले केही वर्षअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ गरेको थियो । तर, सोमबारबाट लोडसेडिङ इतिहास बनेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निकै मेहनतसाथ सबै विकल्पको प्रयोग गरेर देशलाई लोडसेडिङमुक्त पारिएको बताउनुभयो ।

मन्त्री पुनले आन्तरिक उत्पादन बढेको र भारतबाट थप विद्युत् आयात गरी लोडसेडिङ हटाइएको जानकारी दिनुभयो । उहाँले त्यसका लागि विद्युत् चुहावटलाई समेत २६ प्रतिशतबाट २० प्रतिशतमा झारिएको जानकारी दिनुभयो ।, यो खबर आजको गोरखापत्रमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!