काठमाडौं, २८ वैशाख । दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि  कडाइ गरिने भएको छ ।

Advertisement

गृहमन्त्रालयले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण कार्ययोजनामार्फत लागूऔषध र मदिराजन्य पदार्थ नियन्त्रणमा कडाइ गर्न लागेको हो ।

उक्त कार्ययोजना तयार गर्न सहसचिव नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको छ । समितिले १५ दिनभित्र आफ्नो सुझावसहितको प्रतिवेदन बुझाउनेछ ।

‘अब पसलबाट दालचामल खरिद गरेझैं सहजै मदिरा खरिद गर्ने र बिक्री गर्न नपाऊन् भन्नेमा मन्त्रालयको जोड रहनेछ, अब केही समयपछि त्यसरी मदिरा किन्न र बिक्री गर्न पाइन्न,’ समितिका संयोजक शर्माले भने, ‘लागूपदार्थ र मदिराका कारण झण्डै ७० प्रतिशत अपराध हुने गरेको देखिएपछि गृहमन्त्री रामबहादुर थापाले निषेध र नियन्त्रणका लागि तादरुकता देखाउनुभएको छ।’ मदिरा खरद गर्नेको तीनपुस्ते संकलन गर्ने जस्ता नयाँ व्यवस्था पनि गरिने स्रोतले बताएको छ। आजको नागरिक दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!