सुनसरी, १४ चैत। भारतीय गाडीसँग अवैध रूपमा रकम असुल गरिरहेका अवस्थामा सशस्त्र प्रहरीका दुई जवान पक्राउ परेका छन्। सुनसरीको कप्तानगञ्जबाट नवीन खड्का र ठाकुर खत्री पक्राउ परेका हुन्।
भारतीय गाडी छोडेबापत २५ हजार रुपैयाँ घुस लिएको आरोपमा खड्का र खत्रीलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय इटहरीले जनाएको छ।
पक्राउ परेका दुवै जवानलाई आयोगको कार्यालय इटहरीमा राखी थप अनुसन्धान थालिएको आयोगका प्रहरी उपरीक्षक किसनसिंह थापाले बताए।