सुनसरी, १४ चैत। भारतीय गाडीसँग अवैध रूपमा रकम असुल गरिरहेका अवस्थामा सशस्त्र प्रहरीका दुई जवान पक्राउ परेका छन्। सुनसरीको कप्तानगञ्जबाट नवीन खड्का र ठाकुर खत्री पक्राउ परेका हुन्।

भारतीय गाडी छोडेबापत २५ हजार रुपैयाँ घुस लिएको आरोपमा खड्का र खत्रीलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय इटहरीले जनाएको छ।

पक्राउ परेका दुवै जवानलाई आयोगको कार्यालय इटहरीमा राखी थप अनुसन्धान थालिएको आयोगका प्रहरी उपरीक्षक किसनसिंह थापाले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!