- देवकला कार्की/संगालोखबर

धनकुटा, १४ चैत । धनकुटामा विगत सात महिनाको अवधिमा ४० जना क्षयरोगका नयाँ विरामी फेला परेका छन् । चालु आर्थिक बर्षको साउनदेखि माघ मसान्तसम्मको अवधिमा १२ महिला र २८ पुरुषमा क्षयरोग भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

धनकुटा नगरपालिकामा क्षयरोगीको संख्या धेरै पाईएको छ । धनपामा ३ महिला र ७ जना पुरुषमा क्षयरोग पाईएको क्षयरोग कार्यक्रमका फोकल पर्सन सुजा अमात्यले जानकारी दिईन् । उनका अनुसार सागुरीगढी गाउँपालिकामा २ महिला र ७ पुरुष, छथरजोरपाटी गाउँपालिकामा ३ महिला र २ पुरुष, चौविसे गाउँपालिकामा ३ महिला र १ पुरुषमा क्षयरोग देखिएको छ । यता पाख्रीवास नगरपालिकामा १ महिला र २ पुरुष, महालक्ष्मी नगरपालिकामा ५ पुरुष र शहिदभुमि गाउँपालिकामा ४ जना पुरुषमा क्षयरोग भेटिएको छ ।

Advertisement

महिलाको तुलनामा पुरुषहरु सार्वजनिक ठाउँमा वढि मात्रामा निश्किने भएकाले स्वासप्रश्वासको माध्यमवाट सर्ने क्षयरोग पुरुषमा वढि देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.फडिन्द्रप्रसाद वरालले बताए । क्षयरोग नियन्त्रणकालागि समुदायमा आधारित क्षयरोग व्यवस्थापन कार्यक्रम जिल्लाभर सञ्चालित छ ।

क्षयरोग अर्थात टिबी माइकोब्याक्टेरिएम ट्युबरकुलोसिस भन्ने सुक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो । क्षयरोगको जीवाणु हाछ्युँ गर्दा वा खोक्दा हावासँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । स्वासप्रश्वासको माध्यमवाट सर्ने भएकाले एक जना क्षयरोगीले सामान्यतया १ वर्षमा ग्रामिण क्षेत्रमा १० देखि १५ जना र शहरी क्षेत्रमा २५ जनासम्म स्वस्थ मानिसलाई क्षयरोग सार्न सक्छ । ६ महिनासम्म नियमित औषधी सेवन गरे क्षयरोग निको हुने स्वास्थ्यकर्मीको भनाई छ ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!