सुरुङ्गा, झापा, १३ चैत। कारको ठक्करबाट झापा भद्रपुरमा आज एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा भारत पश्चिम बंगाल दालखोला घर भई हाल भद्रपुर–६ मा डेरा गरी बस्ने २१ वर्षीय सुनिल साह रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो ।

मे २ प ८२७७ नं को स्कुटर चालक साहलाई भद्रपुरबाट चन्द्रगढीतर्फ आइरहेको अवस्थामा सोही दिशातर्फ आइरहेको मे १ च २१७७ नं को कारले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका साहको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरी निरीक्षक जवेगूले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!