
ताप्लेजुङ,९ चैत । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको होटल इको भ्यु पोइन्टमा शुक्रबार बिहान आगलागी भएको छ ।
आगलागीबाट होटलको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको तर क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासीले फुङ्लिङ नगरपालिकाको दमकलको प्रयोग गरी करिब एक घण्टापछि आगो निभाएका थिए ।
बिहानै बिद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । अहिले क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।














