देवकला कार्की/संगालोखबर

धनकुटा, २ चैत । धनकुटा नगरपालिका–९ माहाङ्गका आगलागी पीडितलाई देउराली माविमा रहेको जुनियर रेडक्रस सर्कलले नगदसहित खाद्यान्न सामाग्री प्रदान गरेको छ । जुनियर रेडक्रस सर्कलको अगुवाई तथा शिक्षक र विद्यार्थीहरुको सक्रियतामा संकलन गरिएको राहत सामाग्री अग्नी पीडितलाई प्रदान गरिएको हो ।

संकलन भएको २८ हजार ९ सय ५ रुपैयासहित २ सय ५० केजी चामल, तेल, दाल, नुन, आलु लगायत सामाग्री आगलागी पीडितलाई प्रदान गरिएको जुनियर रेडक्रस सर्कलका शिक्षक नायक जीवन ओझाले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

देउराली माविका प्रद्यानाध्यापक वेलवहादुर लिम्वु र जुनियर रेडक्रस सर्कलका शिक्षक नायक ओझाले आगलागी पीडित परिवारलाई राहत सामाग्री वितरण गरेका थिए ।

बेलहारा स्थित माहाङ्गमा गत फागुन २२ र २६ गते आगलागी हुँदा मानवहादुर राई, मुखजित राई, गोपाल भण्डारी र धुव्र भण्डारीको घर जलेर नष्ट भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!