- देबराज राई/संगालोखबर

उदयपुर, १ चैत्र । मध्यरातमा घरको ढोका फुटाएर भाञ्जेबुहारी बलात्कार गरेको आरोपमा उदयपृुरका एक जना पक्राउ परेका छन् । जिल्लाको त्रियुगा नगरपालिका १४ साउने बरगाँछी सिरुडाँडाका स्थानीय शिव राईलाई जवरजस्तीकरणी आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पीडितले नाम किटानसहित प्रहरी चौकी साउनेमा उजुरी गरेपछि बिहीवार त्रिनपा–११ स्थित स्थानीय चप्पन सामुदायिक बन क्षेत्रबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । पीडितबाट उजुरी परेको थाहा पाएपछि फरार रहेका राईलाई प्रहरीले खोजि गर्दै आएको थियो ।

Advertisement

जिप्रका उदयपुरमा पीडितले जाहेर गरेको उजुरी पत्रमा आरोपित राईले नातामा भान्जी बुहारी पर्ने स्थानीय महिलालाई जबरजस्तीकरणी गरेको उल्लेख छ । उजुरी अध्ययन गर्ने प्रहरी स्रोतका अनुसार गत २८ गते राती करिब १ बजे घरको ढोका फुटाएर आरोपित राईले जबरजस्तीकरणी गरेको आरोप छ ।

यता प्रहरीमा उजुरी परे पनि स्थानीय केही नेता र सामाजिक अगुवाहरुको पहलमा घटनालाई गाउँमै मिलाउने प्रयास भइरहेको स्रोतले जनाएको छ । यसबारे वडाध्यक्ष कुरुङ राईले आफूलाई औपचारिक जानकारी नआएको बताए । ‘घटनाको सत्यतथ्य बुझ्नेक्रम चलीरहेको छ’ राईले भने, ‘गम्भिरता पूर्वक सत्य–तथ्य बुझेर कानूनी कारवाहीकालागि पहल अगाडी बढाउँछौ ।’ पक्राउ परेका आरोपित ट्याक्टर व्यवसायी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!