- देवकला कार्की/संगालोखबर

धनकुटा, १ चैत । धनकुटा नगरपालिकाले निर्माण गरेको फोहोरमैला ब्यवस्थापन केन्द्र तथा फुलवारी हेर्न आउँने बाह्य पर्यटकसँग शुल्क लिइने भएको छ । धनकुटा नगरकार्यपालिकाको एघारौं वैठकले सल्लेरी बन भित्र रहेको ‘ल्याण्डफिल्डसाईड’ र फुलवारी हेर्न बाह्य जिल्लाबाट आउँनेसँग प्रवेश शुल्क लिनेसहित बिभिन्न निर्णय गरेको हो ।

प्रवेश शुल्क वापत संस्थागत तीन हजार र सस्थागत विद्यालयलाई एक हजार शुल्क लिने निर्णय भएको धनकुटा नगरपालिकाका प्रवक्ता जमेशर राईले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार सामुदायिक विद्यालयलाई भने शुल्क नलिने निर्णय भएको छ । सल्लेरी बनभित्र रहेको ‘ल्याण्डफिल्डसाईड’ मा आकर्षक फुलवारी छ ।

ल्याण्डफिल्डसाईडको फुलवारीमा तस्वीर खिचाईदै ।

फोहोरको थुप्रोमाथी निर्माण गरिएको उक्त फुलवारी हेर्न बिभिन्न जिल्लाबाट मानिसहरु आउँने गरेका छन् । फोहोरमैला ब्यवस्थापन केन्द्रमा उदाहरणीय रुपमा निर्माण गरिएको आकर्षक फुलवारी हेर्न र फोटो खिचाउँन अधिकांस मानिस पुग्ने गर्छन् । मुख्यगरी अन्य नगरपालिकाका कर्मचारीहरु अवलोकन भ्रमणकै लागि आउँने गरेका छन् ।

बाहिरी जिल्लाबाट आउँनेहरुलाई त्यहाको वारेमा बताउँनकालागि कर्मचारी खटाउँनुपर्ने वाध्यता भएकाले शुल्क लिने निर्णय गरिएको नगर प्रमुख चिन्तन तामाङले बताएका छन् । यसअघि भने सवैलाई प्रवेश निःशुल्क थियो ।

धनकुटा नगरपालिकाको कार्यालय ।

बैठकले फोहोर मैला व्यवस्थापनका कर्मचारी विर्षवहादुर राईलाई उपचारका लागि ३० हजार दिने र धनकुटा–९ माहाङका अग्नीपीडितलाई पनि सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै आधारभुत तथा माध्यमिक शिक्षा सञ्चालन तथा व्यवस्थापन सम्वन्धि कार्यविधि पनि बैठकले पारित गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!