संगालोखबर सम्वाददाता

धनकुटा, २८ पुस । लगातार एक महिनादेखि प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज सरकारलाई खबरदारी गर्दै प्रदर्शन गरेका छन् । आफ्नो माग गम्भीरतापुर्वक सुनुवाई हुनु पर्ने भन्दै उनीहरुले प्रदर्शन सहित दुई घण्टा यातायात बन्द समेत गरेका छन् ।

आज बस्ने मन्त्री परिषदको आकस्मिक बैठकले धनकुटाको पक्षमा उचित ध्यान दिनु पर्ने आन्दोलनरत पक्षको माग रहेको छ । धनकुटा बजारस्थित जीरो प्वाइन्टमा प्रदर्शन गर्दै बिहान ८ देखि १० बजेसम्म यातायात बन्द गरिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।

Advertisement

बन्द आव्हान गरिएपछि कोशी राजमार्गको धरान धनकुटा सडक खण्डमा सवारी साधन रोकिएका छन ।

जिल्लालाई प्रदेश नं.१ को राजधानी हुनु पर्ने माग राख्दै आन्दोलनरत स्थानीयले एक महिना अघिदेखि चरणबद्ध आन्दोलनका गतिविधि गर्दै आएका छन् । आन्दोलनमा उत्रिएका धनकुटाबासीले हिजो पनि यातायात बन्द गराएका थिए ।

पर्याप्त भौतिक पुर्वाधार र राणाकालदेखि हालसम्मको प्रशासनिक थलो धनकुटामा प्रदेशको राजधानी घोषणा गरिनु पर्ने प्रादेशिक राजधानी बनाउ‘ अभियानका संयोजक तथा धनकुटा प्रदेश नं.१ का सदस्य निरन राईले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!