संगालोखबर सम्वाददाता

धनकुटा, २६ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आन्दोलित जिल्लाबासीले वुधवार सॉझ धनकुटा बजारमा मशाल जुलुश प्रदर्शन गरेका छन् । विहिवार हुने जिल्ला बन्द सफल पार्न आव्हान गर्दै मशाल जुलुश प्रदर्शन गरिएको आन्दोलन परिचालन समितिले जनाएको छ ।

भीमनारायण चौक र वीचबजारबाट एकसाथ मशाल जुलुश निश्किएको थियो । बीचबजार, परिचयमोड, हुलाकटोल लगायत क्षेत्र परिक्रमा गर्दै जुलुश मदनचौक पुगेको थियो । जुलुशमा सहभागिले धनकुटालाई प्रादेशिक राजधानी घोषणाका लागि दवावमूलक नारा लगाएका थिए ।

Advertisement

मशाल जुलुश पश्चात मदनचौकमा भएको सभालाई संबोधन गर्दै आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले बिहीबारको बन्द सफल पार्न आवहन गरेका छन् ।

यसअघि जिल्लाबासीले बुधबार दिउँसो १ घण्टा चक्काजामसमेत गरेका छन् । २७ दिनयता निरन्तर प्रदर्शन गर्दै आएका जिल्लाबासीले यसअघि ६ दिन आमहड्ताल गरेका थिए । सरकारले तत्काल अस्थायी प्रादेशिक राजधानी नतोक्ने संकेत गरेपछि आन्दोलनको रुवरुप परिवर्तन गरिएको हो । बिहीबार बस्ने मन्त्री परिषद बैठकलाई लक्षित गरी प्रादेशिक राजधानी घोषणाको मागसहित बन्द आवहन गरिएको समितिले जनाएको छ ।

प्रशासनीक गौडा हुँदै पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ । हरेक हिसावले उपयुक्त रहेकाले धनकुटालाई प्रादेशिक राजधानी बनाईनुपर्ने माग राख्दै आएका जिल्लाबासीले अन्यत्र राजधानी अस्वीकारने अडान राख्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!