देवकला कार्की/संगालोखबर

धनकुटा, २६ पुस । परम्परागत रुपमा डकर्मीको काम गर्दै आएका धनकुटाका तीन सय निमार्णकर्मीलाई डकर्मी सम्वन्धि पुर्नताजकी तालिम दिईने भएको छ । राष्ट्रिय पुननिमार्ण प्राधिकरणको सहयोगमा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयले जिल्लाका सात वटै स्थानीय तहमा तालिम सञ्चालन गर्ने भएको हो ।

पुरानै तरिकाबाट घर बनाउँदै आएका डकर्मीहरुलाई भूकम्प प्रतिरोधी घर निमार्ण सम्वन्धि ज्ञान तथा सिप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका प्रमुख सत्यनारायण राईले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार तालिमका लागि जिल्लाका तिन नगरपालिका र चार गाउँपालिकामा निवेदन संकलन भईरहेको छ।

Advertisement
घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटा । तस्वीर : संगालोखबर

निवेदन दिएका मध्ये जनजाति, दलित, पिछडिएको वर्ग, द्धन्द्धपीडित र भूकम्प प्रभावितलाई प्राथमिकतामा राखेर छनौट गरिने छ । तालिमका लागि धनकुटा, पाख्रीवास र महालक्ष्मी नगरपालिकामा ५०/५० जनाका दरले डकर्मी छनौट गरिनेछ ।

त्यस्तै छथर जोरपाटी र चौबिसे गाउँपालिकामा ५०/५० तथा खाल्सा छिन्ताङ्ग शहिदभुमि र सागुरीगढि गाउँपालिकामा २५/२५ जनाका दरले छनौट गरी तालिम दिईने छ ।

२०७२ सालको विनाशकारी भूकम्प प्रभावित घरधुरी संख्याको आधारमा तालिम लिनेको संख्या निर्धारण गरिएको कार्यालयले जनाएको छ । सिभिल ईन्जिनयर, दक्ष डकर्मी लगायतले सिप प्रदान गर्ने तालिममा स्थानीय तहमा २५ जनाको टोली वनाएर तालिम दिईने कार्यालय प्रमुख राईले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!