धनकुटा, २३ पुस । पाख्रीवासमा साहित्य, गीतसंगित तथा कला विधाका पाँच स्रष्टालाई सम्मान गरिएको छ । पाख्रीवास कला साहित्य समाजले पाख्रीवास लिटररी फेस्विलको आयोजना गरि अग्रज स्रष्टालाई सम्मानसहित पुरस्कृत गरेको हो ।
सम्मानित हुनेमा मुर्तिकार श्रीकृष्ण जोशी, कवि सुमन पोख्रेल, प्रकाश रम्घाली, गजलकार अमला अधिकारी र संगितकर्मी सुरेश गन्र्धव छन् । धनकुटाका मुर्तिकार जोशी र मोरङका कवि पोख्रेललाई पाख्रीवास कला साहित्य सम्मानबाट सम्मानित गरिएको हो । सुनसरीका गायक तथा संगितकर्मी गन्र्धवलाई लक्ष्मीकान्त स्मृति पुरस्कार तथा सम्मान, सिन्धुलीका गजलकार अधिकारीलाई धनजगत स्मृति पुरस्कार तथा सम्मान र तनहुका रम्घालीलाई गितादेवी स्मृति पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।
तिनै जना स्रष्टालाई नगद ५ हजार ५ सय ५५, ताम्रपत्र र दोसल्लाद्धारा सम्मान गरिएको छ । पुरस्कृत तथा सम्मानित स्रष्टाहरुलाई पाख्रीवास नगरपालिकाका प्रमुख विर्षवहादुर राई, तीन वटै विधाको पुरस्कारका संस्थापकहरु अरुणा राई, प्रेम भण्डारी, दुर्गा सुवेदी र पाख्रीवास कला साहित्य समाजका अध्यक्ष रोशन परियार लगायतले नगद तथा ताम्रपत्र र दोसल्ला प्रदान गरेका छन् ।
नेपाली गीत संगित र साहित्यको विकास गर्ने उद्देश्यले पाख्रीवास कला साहित्य समाज गठन भएसगै पाख्रीवास नगरपालिका निवासी तिन व्यक्तिले गीतसंगित र साहित्य तर्फका तिन विधाको राष्ट्रिय पुरस्कार स्थापना गरेका हुन् । पाख्रीवास–८ का माणिक राई ‘मुगाली’ ले वुवा धन राई र ससुरा जगत राईको स्मृतिमा धनजगत स्मृति पुरस्कार स्थापना गरेका हुन् । उक्त पुरस्कार गजल विधा तर्फ कलम चलाउने व्यक्तिलाई प्रदान गरिने छ ।

यस्तै पाख्रिवास–३ का प्रेम भण्डारीले स्व.आमा गितादेवी भण्डारीको स्मृतिमा गितादेवी भण्डारी स्मृति पुरस्कार र पाख्रिवास–७ का दुर्गा सुवेदीले हजुरवुवाको स्मृतिमा लक्ष्मी कान्त स्मृति पुरस्कार स्थापना गरेका हुन् । गितादेवी स्मृति पुरस्कार कविता विधा तर्फ र लक्ष्मी कान्त स्मृति पुरस्कार गीत तथा संङ्गित विधा तर्फको रहेको छ ।
सोही अवसरमा गजलकार दुरगामी माईलाको गजलस्रगह विरक्तिएका पाईलाहरुको विमोचन गरिएको छ । यस्तै पाख्रीवास कला साहित्य समाजलाई सहयोग गर्ने व्यक्तिहरुलाई कदरपत्र प्रदान गरिएको छ । मोहनपरदेशी राई, सोवित निरौला, कृष्ण न्यौपाने, विष्णुविक्रम निरौला र जाल्पादेवी माविलाई समाजको तर्फवाट कदरपत्र प्रदान गरिएको छ ।
पाख्रीवास लिटररी फेस्टिवलको उद्घाटन गर्दै पाख्रीवास नगर प्रमुख राईले साहित्य, कला र संगितको विकासका लागी पाख्रीवास नगरपालिकाले निरन्तर सहयोग गर्ने बताए । उनले पाख्रीवासमा पुर्वमेची देखि सुदुर पश्चिमसम्मका कविहरुको जमघटले आफुलाई साहित्यिक क्षेत्रको विकासमा लाग्न थप उर्जा मिलेको धारणा राखे ।
फेस्टिबलमा मुक्त छन्दमा उन्मुक्त कवि, पाख्रीवास छन्द बहार, प्रतिनिधि रचना बाचन, पाख्रीवास गजल साँझ गरि छुटा–छुटै सेसनमा कविहरुले प्रस्तुती राखेका छन् । पाख्रीवासलाई साहित्य केन्द्रको रुपमा चिनाउदै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले पाख्रिवास लिटरी फेस्टिबल आयोजना गरिएको आयोजक पाख्रीवास कला साहित्य समाजका अध्यक्ष रोशन परियारले जानकारी दिएका छन् ।
थप तस्वीरहरु हेर्नुहोस्…






















