- संगालोखबर सम्वाददाता

धनकुटा, २३ पुस । प्रादेशिक राजधानी घोषणाको माग गर्दै पाँच दिनदेखि जारी अनिश्चितकालिन बन्दका कारण धनकुटाको जनजीवन कष्टकर बनेको छ । यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत बन्द हुँदा जनजीवन कष्टकर बनेको हो ।

पूर्वी पहाडी जिल्ला जोड्ने कोशी राजमार्गमा सवारी साधन सञ्चालन नहुँदा भोजपुर, तेह्रथुम र संखुवासभाको जनजीवन पनि अस्तब्यस्त बनेको छ । लगातारको बन्दका कारण सर्वसाधरणको दैनिकी कष्टकर बन्न थालेको हो ।

Advertisement

धनकुटा बजार, हिले, पाख्रीवास, जीतपुर, लेगुवा लगायत स्थानमा बन्दकर्ताहरुले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् । बन्दका कारण सास्ती खेप्न बाध्य बन्नुपरेको सर्वसाधरणको गुनासो छ ।

एम्वुलेन्स, प्रेस लगायत आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालन भईरहेका छन् । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै जिल्लामा २४ दिनयता नियमित प्रदर्शन भईरहेको छ ।

यसैवीच सरकारले तत्काल अस्थायी प्रादेशिक राजधानी नतोक्ने भएपछि सर्वसाधरणको समस्यालाई मध्यनजर गर्दै हिजो साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म यातायात सञ्चालन हुँन दिईएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!