- संगालोखबर सम्वाददाता

धनकुटा, १५ मंसिर । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको जोरपाटी बजार नजिक आज अपरान्ह मिनिट्रक दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

ईटहरीबाट खादवारी जाँदै गरेको को.१ ख.४६१६ नम्बरको ट्रक अपरान्ह करिव साँढे ३ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

जोरपाटी बजार नजिक पल्टिएको ट्रक ।

दुर्घटनामा ट्रकमा सवार महालक्ष्मी नगरपालिका–९ की १८ बर्षीया दुर्गा सुन्दास र १३ बर्षीया दिपा नेपाली घाईते भएको धनकुटा ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिएका छन् ।

घाईतेहरुलाई जोरपाटीमा सामान्य उपचार पश्चात थप उपचारका लागि हिले लगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!