ओखलढुंगा, १५ मंसिर । ओखलढुंगामा नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला युवा संयोजक पक्राउ परेका छन् ।

Advertisement

सुनकोशी गाउँपालिका ५ मुखलखर्क निवासी किरण भनिने हर्क बाहादुर तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

निर्वाचनको माहोलमा निर्वाचन बिरोधी गतिबिधि गर्न सक्ने भन्दै उनलाई पक्राउ गरिएको ओखलढुंगा प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताए ।

तामाङलाई सुनकोशी गाउँपालिका ९ कोसहाटबाट पक्राउ गरिएको प्रहरी प्रमुख तिमिल्सिनाले बताए । पक्राउपछि उनलाई बिहिबार राति नै सरमुकामस्थित जिल्ला प्रहरी कार्यलयमा ल्याईएको छ । उनलाई प्रहरी हिरासतमा म्याद थप गरि राखिएको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!