तेह्रथुम, १५ मंसिर । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाँउपालिका ४ फाक्चामारा दोबाटेमा आयोजित खुल्ला पुरुष फुटबल प्रतियोगिताको उद्धघाटन भएको छ ।

Advertisement

प्रतियोगिताको आज छथर गाउँपालिका प्रमुख सन्तोष तिगेलाले ब्यानर खोली तथा रिबन काटेर उद्धाटन गर्नु भएको छ । परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा आयोजना भएको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको थाक्चोलुङ तोपा माङहिम खेलकुद बिकास समितीका अध्यक्ष देबिन लिम्बुले बताउनु भयो ।

प्रतियोगिताको उद्धघाटन सँगै छथर गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी बिच मैत्रीपुर्ण खेल सम्पन्न भएको छ । मैत्रीपुर्ण खेलमा कर्मचारीको टिम बिजयी भएको छ ।

प्रतियोगितामा बिजेताले नगद ४० हजार प्रमाण पत्र र राम बहादुर थोक्लन रनिङ कप प्राप्त गर्न भएका छन । त्यस्तै उपबिजेताले नगद २५ हजार प्रमाण पत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा तेह्रथुम पान्थर र धनकुटा जिल्लाका टिमहरुको सहभागिता रहने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!