सिरहा, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनका लागि देश दौडाहामा छन् । यसै अन्तर्गत बिहिबार उनी सिरहाको भगवानपुर आइपुगे ।

Advertisement

काङ्गेस नेता प्रदीप गिरीको चुनावी क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न उनी सिरहा पुगेका थिए ।

देशभर चुनावी कार्यक्रमलाई लक्षित भइरहेको आक्रमणको असर सिरहा पनि देखियो ।

काङ्ग्रेसका सभापति समेत रहेका देउवा आउने भनेपछि कार्यक्रम स्थल वरपर र आउने बाटोमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । सयौँको संख्यामा सेना र प्रहरी तैनाथ गरिएका थिए ।

दाङको तुलसीपुरमा देउवा आफै सहभागी हुने कार्यक्रममा बम विस्फोट हुँदा म्यादी प्रहरीको समेत मृत्यु भइसकेको छ । त्यही भएर बिहिबारको कार्यक्रममा अप्रिय घटना हुन नदिन विशेष ध्यान दिइएको थियो ।

चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले आफू फेरि देशको प्रधानमन्त्री बनेर मधेस र मधेसी जनताको समस्या समाधान गर्ने बताएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!