- संगालोखबर सम्वाददाता

धनकुटा, १३ मंसिर । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मर्यादित र भयरहित बनाउँन निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।

सुरक्षा तथा न्याय सञ्जालको सहकार्यमा हुसाडेक नेपाल धनकुटाले आयोजना गरेको ‘प्रदेश तथा राष्ट्रिय निर्वाचन सुरक्षा सवाल र हाम्रो भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागि सरोकारवालाहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले निर्वाचन लक्षित जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा जानकारी गराउँदै सुरक्षा ब्यवस्था मजवुत पारिएको दावी गरे । पूर्व सांसद गोपाल गुरागाईले सरकारी निकायलेनै कर्मचारी सरुवा लगायत गरेर आफै आचारसंहिताको खिल्ली उडाउँनु लज्जास्पद भएको टिप्पणी गरे ।

कार्यक्रममा मानव अधिकार एलाईन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदीले निर्वाचन सुरक्षा चुनौती र सरोकारवालाको भूमिका विषयक आधारपत्र प्रस्तुत गर्दै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राजनीतिक दल, निर्वाचन आयोग, सरकार, मतदाता र पर्यवेक्षकको भूमिका महत्वपुर्ण रहने धारणा राखे ।

एमालेका सचिवालय सदस्य अर्जुन राई, नागरिक समाजका अध्यक्ष द्रोणप्रसाद गुरागाई, गैरसरकारी संस्था महासघंका अध्यक्ष सोविस चेम्जोङ्ग, रेडक्रस सोसाईटीका सभापति नरेन्द्र पोख्रेल, सल्भ नेपालका नायव कार्यकारी निर्देशक जेपी भुजेल, एकल महिला समुहका अध्यक्ष मीना राई, महिला पुनःस्थापन सेवा केन्द्रका जया राई, हुसाडेकका अध्यक्ष खेमनाथ घिमिरे, सचिव गीता अधिकारी, सदस्य सरोज भुजेल लगायतले निर्वाचनमा शान्ति सुरक्षा मजवुत हुनुपर्नेमा जोड दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!