- संगालोखबर सम्वाददाता

धनकुटा, १२ मंसिर । संभावित लेडिज जेसिज धनकुटाले धनकुटा ७ मितेरी टोलका अग्नी पीडितलाई राहत सामाग्री वितरण गरेको छ ।

संस्थाका अध्यक्ष प्रमिशा श्रेष्ठको नेतृत्वमा अग्नी पीडितको घरमा पुगेको समुहले लत्ता कपडा, भाडाकुडा, त्रिपाल, कम्बल लगायत सरसफाईका सामाग्री वितरण गरेको हो ।

Advertisement

गत साता खाना पकाउने क्रममा ग्यास लीग हुँदा स्थानीय किरण तुम्सा लिम्बुको घर जलेर नष्ट भएको थियो ।

अग्नी पीडित किरण तथा उनकी पत्नि अनु लिम्बुलाई राहत सामाग्री वितरण गरिएको राहत संकलन कार्यका संयोजक मुना पोख्रेलले संगालोखबरलाई जानकारी दिइन् ।

आगलागीबाट करिव ६ लाख बराबरको क्षति भएको थियो । पछिल्लो समय संभावित लेडिज जेसिज धनकुटाले विभिन्न सामाजिक कार्य गर्दै आएको संस्थाका अध्यक्ष श्रेष्ठले बताइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!