देवकला कार्की/संगालोखबर

धनकुटा, ११ कात्तिक । नेपाल भूपू सैनिक परिवार धनकुटाको प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । भूपू सैनिक परिवारका अध्यक्ष तिलोकसिं लिम्वुको अध्यक्षतामा भएको साधारणसभामा सांठगनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

कार्यक्रममा भूपू सैनिक परिवारका बरिष्ठ उपाध्यक्ष धनवहादुर खड्काले सांगठनिक र कोषाध्यक्ष सरोजकुमार जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन । सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भवन निमार्ण समिति संयोजकसमेत रहेका बरिष्ठ उपाध्यक्ष खड्काले सस्थाको भवन निमार्ण सम्पन्न भएको जानकारी दिए ।

Advertisement

०३२ सालमा ब्रिटिस आर्मिले धरानमा रमाईलो मेला गरेर भूपू सैनिक परिवारको नाममा भूपूु सैनिक पुर्वक्षेत्र आवास गृहका लागी धनकुटा वसपार्कमा खरिद गरेको जग्गालाई उपयोग गरि भवन निमार्ण गरिएको उनले बताए । हालसम्म गरेका गतिविधि तथा आगामि दिनमा गरिने कार्यहरुको वारेमासमेत खड्काले जानकारी गराएका छन ।

साधारणसभामा सहभागिहरु । तस्वीर : देवकला कार्की/संगालोखबर

यसैगरी कोषाध्यक्ष सरोजकुमार जोशीले हालसम्म भएका आर्थिक कारोवारको वारेमा जानकारी दिदै ९९ लाख बरावरको आम्दानी तथा खर्च विवरण प्रस्तुत गरेका छन । सो अवसरमा वोल्ने बक्ताहरुले भुतपुर्व सैनिकहरुको भवन निमार्ण गर्न सफल भएको प्रति खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा भुतपुर्व व्रिटिस सेनाको तर्फवाट जगत वहादुर श्रेष्ठ, भारतीय सेनाको तर्फवाट भक्तवहादुर भण्डारी र नेपाली सेनाको तर्फवाट होमप्रसाद अधिकारी, कार्य समिति सदस्य श्यामप्रकास राई लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष ईन्द्र ढुंगेलले राखेका थिए भने सञ्चालन बरिष्ठ उपाध्यक्ष खड्काले गरेका थिए ।

नेपाल भूपू सैनिक परिवार धनकुटामा भुतपुर्व नेपाली सेना, भारतीय सेना, व्रिटिस सेना र सिंगापुर सेना आवद्ध रहेको सस्थाका सचिव मिनकुमार श्रेष्ठले जानकारी दिएका छन । धनकुटामा करिव ६ सय भुतपुर्व सैनिक रहेको नेपाल भूपू सैनिक परिवारले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!