भोजपुर। पहाडी जिल्ला भोजपुरमा चार दिनको अन्तरालमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

चार दिनको अन्तरालमा षडानन्द नगरपालिका–७ केउरेनी पानीका गोपाल दर्जीका १९ वर्षीया छोरी दिचना दर्जी र पौवादुम्मा गाउँपालिका–१ श्यामसीलाका १२ वर्षीय नीरज तामाङको मृत्यु भएको हो ।

Advertisement

दर्जीलाई आइतबार दिनको ४ बजेतिर खेत गोडेर फर्किने क्रममा कान्ले खोलाले बगाएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ भने तामाङलाई बिहीबार सदरमुकाम नजिकैको छङ्छङ्गे खालाले बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

दुवै मृतकको शव परीक्षण गरी आफन्तको जिम्मासमेत लगाइसकिएको प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!