एजेन्सी। कपिल शर्मा पछिल्लो केही महिनादेखि विवादका कारण चर्चामा छाइरहेका छन् । केही महिना अघि कपिल शर्मा र सुनिल ग्रोवरका बिच झगडा भएपछि यी दुईबिच मनमुटाव भइरहेको छ ।

Advertisement

अष्ट्रेलियाबाट फर्किरहेका बेला फ्लाइटमा कपिल र सुनिलबिच नराम्रोसँग झगडा भयो र रिसले कपिलले सुनिलमाथि जुत्ता फ्याँकेकोसम्म खबर सार्वजनिक भएको थियो ।

यतिबेला कपिल बेंगलुरुमा आफ्नो स्वास्थ्य उपचार गराइरहेका छन् र यतिबेला दिएको अन्तर्वार्तामा उनले सुनिलसँगको झगडाबारे केही महत्वपूर्ण कुरा बताए ।

हिन्दुस्तान टाइम्सलाई दिइएको अन्तर्वार्तामा कपिलले भने, ‘म मान्छु कि केही समस्या थियो जसका कारण मैले ठूलो मूल्य चुकाउनु पर्यो । तर हामीबिचको झगडालाई निकै बढाई चढाई प्रस्तुत गरियो  ।

विमानमा मैले खाना नपाएपछि मैले सबै रिस सुनिलमाथि जुत्ता फ्याँकेर उतारेको भनेर कसैले लेखेको रहेछ । यो कुराले मेरो निकै मन दुखायो । तपाईंलाई लाग्छ, के म साँच्चै नै यस्तो गर्न सक्छु ?’

सुनिलसँगको झगडापछि आफूले रक्सी पिउन सुरु गरेको स्विकार गर्दै उनले भने, ‘हो, मैले रक्सीलाई साथी बनाएको थिएँ त्यसपछि मेरो स्वास्थ्य खराब हुन थाल्यो ।

सुनिल गएपछि अली असगर र चन्दन प्रभाकरले पनि कार्यक्रमलाई बिचमा नै छोडिदिए जसका कारण कार्यक्रमको टिआरपी नमज्जाले घट्यो । उक्त घटनापश्चात् नै मैले रक्सी पिउन सुरु गरेको हुँ ।’

उनी भन्छन्, ‘यदि मैले समय हुँदा नै यी सबै कुरामा स्पष्टिकरण दिएको भए  मानिसहरु बिच अहिलेको जस्तो भ्रमको स्थिती पैदा हुँदैनथ्यो  । मिडियाले मेरो मौनताको गलत फाइदा उठाए । ’

स्मरण रहोस्, कपिल आजकाल बंगलुरुमा आयुर्वेदिक उपचार गराइरहेका छन् । कपिलले आफू केही दिनको ब्रेकपछि पुनः कार्यक्रममा फर्किने बताए ।

कपिल शर्मा पछिल्लो १० वर्षदेखि मनोरञ्जनको क्षेत्रमा सक्रिय छन् । उनलाई रक्तचाप, तनाव र मधुमेहको समस्या छ । यी सबै रोगको उपचारका लागि उनी ब्रेक लिइरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!