संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार राजेन्द्र राई बिजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार सुनिल बहादुर थापालाई १ हजार ३ सय ९७ मतान्तरले पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा बिजयी भएका हुन् ।

Advertisement

सार्वजनिक मत परिणाम अनुसार एमाले केन्द्रिय सदस्यसमेत रहेका राईले ३० हजार १ सय १ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेद्वार थापाले २८ हजार ७ सय ४ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्र परित्याग गरी स्वतन्त्र उम्मेद्वारी दिएका हेमराज भण्डारीले ५ हजार ९ सय २६ मत पाएका छन् ।

१ लाख १६ हजार ९ सय ९१ मतदाता रहेको धनकुटामा ५९ दशमलव ४० प्रतिशत अर्थात ६९ हजार ४ सय ९६ जनाले मतदान गरेका थिए । धनकुटाबाट राई प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका हुन् ।

यसअघि २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि राप्रपाका तर्फबाट उम्मेद्वार बनेका थापालाई १० हजार ४ सय ५९ मतान्तरले पराजित गर्दै ३७ हजार ३ सय ३३ मतसहित उनी बिजयी भएका थिए ।

यो पनि हेर्नुहोस्…

धनकुटा क्षेत्र नं.१ मा ६ हजार ७ सय मतान्तरसहित एमालेका निरन राई निर्वाचित

 

धनकुटा क्षेत्र नं.२ मा ४५ सय मतान्तरसहित एमालेका इन्द्रमणी पराजुली निर्वाचित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!