डेब्यु खेलमा रोड्रिग्वेज र बायर्नलाई उपाधि
म्युनिख। बायर्न म्युनिखले आफ्नो ट्रफी क्याबिनेटमा अर्को एउटा उपाधि थप गरेको छ । प्रिसिजन खेलिने टेलिकम कपमा वेर्डर ब्रेमनलाई २–० ले हराउँदै बायर्नले उपाधिलाई रक्षा गरेको हो ।
ट्रफीभन्दा पनि खेलको आकर्षण भने नयाँ अनुबन्ध गरिएका खेलाडी हामेज रोड्रिग्वेज बनेका थिए । दुई वर्षे ऋण सम्झौतापछि उनी रियल म्याड्रिडबाट बायर्न आइपुगेका हुन् ।
खेलमा उनी चाँडै नै बायर्नको टोलीमा घुलमिल भइसकेको देखिएको थ...
