सहायक प्रहरी निरीक्षक गुरुङ मृत फेला
धादिङ । उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङको शव आज बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा फेला परेको छ ।
बिहीबार राति ११ बजे सुतेका गुरुङको लास आज बिहान मकैबारीमा फेला परेको जानकारी प्राप्त हुनआई अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा जान लागेकाले अरू कुरा अनुसन्धानपछि मात्र थाहा हुने प्रहरी नायब उपरीक्षक दीपेन्द्र पँजियारले बता...
