गाईजात्रा : सत्ययुगको धानचामल हेर्न पाटन जाऔँ

गाईजात्रा : सत्ययुगको धानचामल हेर्न पाटन जाऔँ
काठमाडौं। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्य...

बालिकालाई बन्धक बनाई पटक–पटक बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बालिकालाई बन्धक बनाई पटक–पटक बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
महोत्तरी। ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो । गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा महतोलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । औरहीक...

सडक दुर्घटनामा २२ वर्षीय युवाको मृत्यु

सडक दुर्घटनामा २२ वर्षीय युवाको मृत्यु
काठमाडौँ । कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ । आज बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ ।

गाईजात्रा पर्व : ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्ने

गाईजात्रा पर्व : ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्ने
भक्तपुर । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । भक्तपुरमा गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको साँझ नै गरिन्छ । गाईजात्राको पूर्व सन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थि...

समयमा उपचार नभएपछि सुत्केरीको मृत्यु

समयमा उपचार नभएपछि सुत्केरीको मृत्यु
डडेल्धुरा। डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ । आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पु¥याइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उनका आफन्तले जनाएका छन् । परशुराम नगरपालिका वडा नं ६ घर भएकी पुष्पालाई सोमबार बिहान जोगबुढा अस्पतालमा उपचार हुन नसक...

एउटै अण्डाबाट जन्मिए हाँसका जुम्ल्याहा चल्ला

एउटै अण्डाबाट जन्मिए हाँसका जुम्ल्याहा चल्ला
चराको एउटा अण्डा भित्रबाट जुम्ल्याहा चल्ला कोरलिएको कहिल्यै सुन्नुभएको छ ? क्यानडामा यो घटना भएको छ । क्यानडामा एउटा हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्केका छन् । दुःखद कुरा के भने यी जुम्ल्याहा चल्लाको जिउ भने जोडिएको छ । क्यानडाको नोभा स्कोटियाकी अम्बर ब्रानेनले इन्कुबेटरमा कृत्रिम रुपमा हाँसको अण्डाहरु कोरल्दा त्यसमध्ये एक अण्डाबाट जुम्ल्याहा चल्ला निस्कएका हुन् । जुम्ल्याहा चल्लाको नाम ...

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते
पोखरा।  पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा आज बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन् । श्रीमान रामबहादुर विकले मादक पदार्थ सेवन गरी झगडा गरेपछि श्रीमती गीता विकले रिसको आवेगमा आइ खुकुरी प्रहार गर्दा रामबहादुर गम्भीर घाइते भएका र उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ । खुकुरी प्रहार गर्ने गीतालाई प्...

ठेकेदारको अटेरीका कारण कुलेखानी तेस्रो सधैँ समस्यामा

ठेकेदारको अटेरीका कारण कुलेखानी तेस्रो सधैँ समस्यामा
मकवानपुर । अझै कति समय लाग्छ, तपाईहरु किन सरकारलाई पटक पटक अप्ठ्यारोमा पार्नुहुन्छ ? होइन सर, हामी काम गर्दै छौँ । अबको दुई महिनामा गुणात्मक परिवर्तन देख्न सक्नुहुन्छ । तपाईले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को स्थलगत भ्रमणको क्रममा समेत यही भनेका थिए किन पूरा भएन काम ? परिस्थिति त्यस्तै आइप¥यो हजुर अब त्यस्तो हुन्न । हामी समयमा नै काम सक्छौँ । लामो समयदेखि कुलेखानी तेस्रो जलवि...

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु
बाजुरा। बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताए । आइतबार घर नजिकैको वनमा गाईगोरु चराउन गएका बेला अरिङ्गालले टोकेपछि घरेलु उपचारका क्रम स्वास्थ्य संस्था लैजान नपाउँदै मृत्यु भएको पाध्यायले जानकारी दिए । अरिङ्गालको टोकाइबाट अन्य दुईजना घाइते भएका छ...

धादिङमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

धादिङमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते
धादिङ।  पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा टिपरले पैदलयात्रुलाई आज बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना४ख ३१०५ नंको टिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी उपरीक्षक शरद खत्रीले बताए । दुर्घटनामा धुनीबेसी नगरपालिका–९ का १८ वर्षीय अजय तामाङको मृत्यु भएको छ । टिपर ठक्कर द...
error: Content is protected !!