कामचोर ठेकेदार अब प्रहरी खोरमा

कामचोर ठेकेदार अब प्रहरी खोरमा
काठमाडौँ, ३ जेठ । गृहमन्त्री रामबहादुर थापाले सडक, पुललगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बुधबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रियामा ल्याउन निर्देशन दिएको नागरिक दैनिकमा खबर छ । समाचार अनुसार गृहम...

अाज जननेता मदन भण्डारीको २५ अाैँ स्मृति दिवस मनाइदै

अाज जननेता मदन भण्डारीको २५ अाैँ स्मृति दिवस मनाइदै
काठमाडौँ, ३ जेठ । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको बिहीबार २५ वर्ष पुगेको छ । एमाले र उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मदन आश्रित स्मृति दिवस मनाउँदैछन् । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर...

खाजा खाएर दुई हजार नक्कली नोट तिर्दा…

खाजा खाएर दुई हजार नक्कली नोट तिर्दा…
काठमाडौँ, २ जेठ । काठमाडौँका विभिन्न स्थानबाट रु दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित छ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको सक्रियतामा उक्त रकमसहित सुर्खेतका महेन्द्र बोगटी, सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, काठमाडौँका माधवराज वाग्ले, धादिङका प्रकाश सुवेदी र भक्तपुरका विवेक नापीतलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिस...

दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ

दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ
काठमाडौँ, २ जेठ । प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।

कामी रिताले बनाए विश्व कीर्तिमान

कामी रिताले बनाए विश्व कीर्तिमान
काठमाडौँ, २ जेठ । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । आरोहणको चौथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको हो । यस वर्षको वसन्त ऋतुमा उहाँसहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार मौसमी खराबीक...

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार
भक्तपुर, २ जेठ । सरकारले सीपयुक्त र चरित्रवान नागरिक तयार पार्ने उद्देश्यले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार पारेको छ । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११/१२ लाई विद्यालय शिक्षामा राखेपछि नयाँ पाठ्यक्रम प्रारुप तयार पार्दै केन्द्रले सुझाव संकलन शुरु गरेको छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले म...

आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ
भीमदत्तनगर, २ जेठ ।  कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबा...

मुख्यमन्त्रीको लालबाबु राउतको राजीनामा माग

मुख्यमन्त्रीको लालबाबु राउतको राजीनामा माग
काठमाडौँ, २ जेठ। नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको...

हराएको मकालुको विमान दुर्घटनाग्रस्त, चालक दलका दुवै सदस्यको मृत्यु

हराएको मकालुको विमान दुर्घटनाग्रस्त, चालक दलका दुवै सदस्यको मृत्यु
सुर्खेत, २ जेठ । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए । सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि आज बिहान ६ः१६ बजे उडेको मकालु एयरको ढल् ब्ग्व् कार्ग...

मकालु एयरको विमान अझै बेपत्ता, बाजुरामा भेटिएको भन्ने खबर झुट

मकालु एयरको विमान अझै बेपत्ता, बाजुरामा भेटिएको भन्ने खबर झुट
काठमाडौं, २ जेठ । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि अज विहान उडेको मकालु एयरको कार्गो विमान अझै सम्पर्कविहीन छ । मकालु एयरको कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए । विमान सिमीकोट आइनपुगेकाले खोजीका लागि हेलिकप्टरको परिचालन गरिएको नागरिक उड्डयन कार्...
error: Content is protected !!