बिहिबार, माघ १५, २०७७
काठमाडौं । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्य अनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो । ‘परीक्षा सकिएको महिना दिनमा नतिजा प्रकाशन गर्न सक्छौँ जस्तो लागेको थियो,’ बोर्डका सदस्य सचिव दुर्गाप्रस...