सुनकाे भाउ घटयाे

सुनकाे भाउ घटयाे

काठमाडौं, २ असोज ।आज पनि बजारमा सुनको मूल्य तोलामा थप दुई सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार पाँच सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ७५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विश्व बैंकले घटायो नेपालकाे आर्थिक वृद्धिको प्रक्षेपण, आगामी दुई वर्ष वृद्धिदर ४.५ मा सिमित

विश्व बैंकले घटायो नेपालकाे आर्थिक वृद्धिको प्रक्षेपण, आगामी दुई वर्ष वृद्धिदर ४.५ मा सिमित

काठमाडौं , १ अशोज । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर आगामी दुई आर्थिक वर्ष औसतमा ४.५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । ‘हुनतः गत वर्ष राजस्व संकलनमा रेकर्ड ब्रेक भयो, सरकारी खर्च क्षमता पनि बढेको देखियो तर नेपालले तीन वर्षको अन्तरालमा तीन वटा ठुला सक (धक्का) व्यहोर्यो यसले पनि आर्थिक लक्ष्यमा प्रभाव पार्ने देखिएको छ,’ विश्व बैंक नेपालका अर्थविद सुद्युम्न दाहालले भने । भूकम्प, तराई सी...
चार वर्षमा बजार मूल्य आधा बढी

चार वर्षमा बजार मूल्य आधा बढी

काठमाडौं , १ अशोज । चार वर्षअघि कालिमाटी तरकारी बजारमा लोकल काउलीको औसत थोक मूल्य ५० रुपैयाँ प्रतिकिलो थियो । अहिले यो मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेर ७८ रुपैयाँ पुगेको छ । त्यस्तै, चार वर्षअघि दसैंताका प्रतिकिलो २० रुपैयाँ रहेको सेतो आलुको थोक मूल्य पनि अहिले त्यही अनुपातमा बढेर प्रतिकिलो २९ रुपैयाँ पुगेको छ। २०७० भदौमा काठमाडौंमा मुसुरोको दालको मूल्य प्रतिकिलो एक सय सात रुपैयाँ थियो । चार ...
मनाङमा स्याउ टिप्न शुरु

मनाङमा स्याउ टिप्न शुरु

पोखरा , १ अशोज ।स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादनमा वृद्धि हुन गएको कृषि विकास कार्यालयका प्राविधिक सहायक यौवनकुमार सुनुवार बताउनुभयो । जिल्लामा गत वर्ष ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउ बिक्रीबाट ...
तरलता अधिक भएपछि मुद्दति निक्षेपको व्याजदर घटाउँदै बैंकहरु

तरलता अधिक भएपछि मुद्दति निक्षेपको व्याजदर घटाउँदै बैंकहरु

काठमाडौं, १ अशोज । तरलता अधिक भएपछि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याजदर घटाउन थालेका छन् । १ असोजदेखि लागू हुनेगरी आठ वटा वाणिज्य बैंकले व्याजदरमा कमि ल्याएका हुन् । अहिले बैंकिङ प्रणालीमा ७० अर्ब रुपैयाँभन्दा बढी पूँजी जम्मा भएको छ, जुन अधिक तरलता हो । यसैका कारण व्याजदर घटाउने दबाबमा परेका हुन्, वाणिज्य बैंकहरु । सरकारले विकास निर्माणका लागि आर्थिक वर्षको पहिलो महिना साउनमा करिब ...
पाँच वर्षमा ३६ अर्ब लगानी गर्दै जलविद्युत् लगानी कम्पनी

पाँच वर्षमा ३६ अर्ब लगानी गर्दै जलविद्युत् लगानी कम्पनी

काठमाडौ , ३१ भदौ ।  बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ। कम्पनीले आगामी पाँच वर्ष रु ३६ अर्ब आक्रमक रुपमा लगानी गर्ने र मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने लक्ष्यसमेत प्रक्षेपण गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज प...
सहारा एकेडेमीको अक्षयकोषमा एक करोड २० लाख संकलन

सहारा एकेडेमीको अक्षयकोषमा एक करोड २० लाख संकलन

पोखरा। सहारा क्लब पोखराद्वारा स्थापित सहारा एकेडेमीको अक्षयकोषमा आजसम्म एक करोड २० लाख २९ हजार २८१ रुपैयाँ संकलन भएको छ । अनाथ, असहाय र कठीन अवस्थामा रहेका बालबालिकालाई निःशुल्क आधारभूत शिक्षा र सक्षम राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सो अक्षयकोष स्थापना गरिएको हो । सो एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालबालिक बस्दै आएका छन् । डेढ वर्षभित्रमा सो अक्षयकोषमा रु ।दुई करोड बढी पु¥याउने...
झापाका किसान कागतीखेतीतर्फ आकर्षित

झापाका किसान कागतीखेतीतर्फ आकर्षित

झापा। मनग्य आम्दानी हुन थालेपछि दक्षिणी झापाका किसान कागतीखेतीतर्फ आकर्षित भएका छन् । धान वा अन्य खेती गर्नुभन्दा कागतीखेती गर्न सहज र आम्दानीका हिसाबले अब्बल भएपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । एउटा कागतीको बोटमा ५०० देखि दुई हजार दानासम्म फल्छ । गौरादह नगरपालिका–१ का किसान खुमनाथ निरौला दुई बिगाहा धानखेत मासेर कागतीखेती शुरु गरेको बताउनुहुन्छ । राम्रोसँग हेरचाह गर्दा एउटा कागतीको बोटबाट ...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं । बजारमा हिजो (विहीबार) मात्रै तीन सयले घटेको सुनको मूल्य आज फेरि तीन सय बढेर सोही ठाउँमा पुगेको छ । आज सुन प्रतितोला ५७ हजार एक सय रुपैयाँ पुगेको छ । विहीबार भने सुन ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर सात सय ८५ रुपैयाँ कायम भएको छ । विहीबार चाँदी सात सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
एक करोड लिटर दूध संकलन

एक करोड लिटर दूध संकलन

विराटनगर। दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ । सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको छ । व्यवसायमुखीभन्दा बढी सेवामुखीका रुपमा सञ्चालित सो संस्थानले सर्वसाधारणबीच दूध बिक्री गर्...