स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ

स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ
जुम्ला । चन्दननाथ नगरपालिका जुम्लामा औपचारिक कार्यक्रम गरी आज स्वास्थ्य बिमाको सदस्यता दर्ता प्रारम्भ भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै सांसद डिल्लीप्रसाद काफ्लेले जनताको आधारभूत स्वास्थ्य निःशुल्क हुने संविधानमा व्यवस्था गरेअनुसार सरकारले यो कार्यक्रमको सुरुवात गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले कर्णालीवासीका लागि स्वास्थ्य बिमा कार्यक्रम निकै लाभदायी हुने औँल्...

मेलम्चीको पानी दसैँअघि उपत्यका नपुग्ने निश्चित

मेलम्चीको पानी दसैँअघि उपत्यका नपुग्ने निश्चित
चौतारा। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काममा सुस्तता आएकाले निर्धारित समयभित्र पूरा नहुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकास्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये तीन किमी सुरुङ खन्ने काम अझै बाँकी भएकाले आगामी दशैँ अगाडि राजधानीवासीलाई पानी खुवाउन असमर्थ रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताउनुभय...

घडियाल गोहीका अन्डा सङ्कलन

घडियाल गोहीका अन्डा सङ्कलन
चितवन। नारायणी र राप्ती नदीको बगरबाट ३५३ वटा घडियाल गोहीको अन्डा सङ्कलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रले हरेक वर्ष यो मौसममा गोहीको अन्डा पार्ने वासस्थानको खोजी गरी क्षति हुन सक्ने सम्भावित ठाउँहरुको अन्डा सङ्कलन गर्ने गर्छ । प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्ती नदीमा सातवटा गोहीका गुँड फेला परेकामा पाँचवटा ग...

प्लास्टिक घरमा बिरुवा उत्पादन

प्लास्टिक घरमा बिरुवा उत्पादन
बाबियाचौर (म्याग्दी) । बेनी नगरपालिका–३ राखुका कृषकले सुन्तलाको बिरुवा उत्पादनका लागि आधुनिक प्रविधिको प्रयोग गरेका छन् । सुन्तलाको बिरुवा उत्पादन गर्न राखुमा प्लास्टिक घर निर्माण गरेका छन् । प्लास्टिक घरभित्र किरा पस्न नपाउने भएकाले खुल्ला ठाउँको तुलनामा स्वस्थ्य बिरुवा उत्पादन गर्न सकिने कृषक मनकुमारी पुनले बताउनुभयो । विद्युतीय उपकरणको सहायताले एकैसाथ सिँचाइ गर्न सकिने व्यवस्था मिलाइएको छ...

लोकसेवा आयोगमा सबैको पहुँच हुनुपर्छ–उपराष्ट्रपति पुन

लोकसेवा आयोगमा सबैको पहुँच हुनुपर्छ–उपराष्ट्रपति पुन
काठमाडौँ । लोकसेवा आयोगका हरेक गतिविधि अब मोबाइल एप्सबाट जानकारी लिन सकिने भएको छ । आयोगको ६७औँ वार्षिकोत्सवको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले सो मोबाइल एप्सको सार्वजनिक गर्नुभयो । गुगलबाट ‘पिएससी नेपाल’ मोबाइलमा डाउनलोड गरी मोबाइलबाटै विज्ञापन, परीक्षाको नतिजा र स्वीकृत नामावलीलगायत आयोगका प्रत्येक गतिविधिबारे जानकारी लिन सकिन्छ । त्यसैगरी आयोगले अनलाइन दरखास्त दिने व्यवस्थालाई...

विद्यालय पुन : निर्माण अपेक्षित गतिमा हुन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ

विद्यालय पुन : निर्माण अपेक्षित गतिमा हुन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ। उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यालय पुनःनिर्माणको काम अपेक्षित गतिमा हुन नसकेको स्वीकार्नुभएको छ । विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दैआएको घाँसी आदर्श नेपाल संस्थाले बुधबार आयोजना गरेको ‘पुनःनिर्माण अभियानको अनुभव र स्मारिक विमोचन कार्यक्रम’मा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई वर्ष अगाडि गएको भूकम्पले नौ हजार विद्यालय भत्के पनि विद्यालय पुनःनिर्...

नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक

नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक
नवलपरासी । नवलपरासी जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक लगाएको छ । ठेक्का लगाएर खोलाबाट ढुङ्गा गिट्टी र बालुवासहित नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको स्थानीय विकास अधिकारी युवराज कटेलले जानकारी दिनुभयो । चालु आवमा लगाइएको ठेक्का सम्झौताअनुसार जेठ मसान्तसम्मका लागि मात्र भएकाले नदीजन्य सामग्री निकासीका सबै कार्य रोक्नका लागि सम्बद्ध निकायसंग आग्रह गर...

सुडालमा १०८ फिट अग्लो ‘कल्पेश्वर महादेव’को मूर्ति स्थापना हुने

सुडालमा १०८ फिट अग्लो ‘कल्पेश्वर महादेव’को मूर्ति स्थापना हुने
भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति स्थापना हुने भएको छ । करिब रु २० करोडको लागतमा स्थापना हुने सो मूर्ति जमिनमुनि ४० फिट र जमिन माथि १०८ फिटको हुने बताइएको छ । विगत २२ वर्षदेखि तान्त्रिक विधिबाट जटिल रोग निको पारेको दाबी गर्दै आएका ललितपुर महानगरपालिका–१२, कुटी सौगलका बुद्धिकुमार खड्गी ‘शिवतान्त्रिक’ ले भक्तजनबाट सङ्कलित दक्षिणा÷भेटीबाट...

जिप दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते

जिप दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते
बैतडी । जिप दुर्घटना हुँदा आज बैतडीमा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी शिवनाथ–४ सोल्फोलाका ५८ वर्षीय लालसिंह महता र जिप चालक कैलाली अत्तरियाका शिव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । यस्तै घाइते हुनेहरुमा जिपका साहु कैलाली गोदावरी नगरपालिका–१ का हिक्मत बोहरा र बैतडी मेलौली नगरपालिका–९ विशालपुरका हरीदत्त भट...

आमहडतालले जनजीवन प्रभावित

आमहडतालले जनजीवन प्रभावित
जनकपुरधाम। राष्ट्रिय जनता पार्टीद्वारा घोषणा गरिएको आमहडतालले आज तेस्रो दिन पनि जनकपुर क्षेत्र प्रभावित भएको छ । आमहडतालका कारण शैक्षिक प्रतिष्ठान, बैंक, कारखाना र बजार बन्द हुनुका साथै छोटो एवम् लामो दूरीका यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । जनकपुर क्षेत्रमा इ–रिक्सा, साइकल र मोटरसाइकलमात्र सञ्चालनमा रहेका कारण सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या न्यून रहेको छ । सरकारी बैंकसमे...
error: Content is protected !!