प्रहरी : भूकम्प गएको २७ महिनासम्म पनि टेण्टमै

प्रहरी : भूकम्प गएको २७ महिनासम्म पनि टेण्टमै
मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा रहेको मानेखर्क चौकी भूकम्प गएको २७ महिना बितिसक्दा पनि निर्माण हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रहरी चौकी रहेको घर भत्किएपछि शान्ति सुरक्षाको लागि खटिएका मानेखर्क चौकीका प्रहरी अहिले पनि टेण्टमै छन् । इलाका प्रहरी कार्यालय, मेलम्चीको मातहतमा पर्ने पाँचपोेखरी थाङ्पाल गाउँपालिकामा रहेको एकमात्र चौकी अहिलेसम्म पनि पुनःनि...

संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री

संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री
काठमाडौँ। स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संविधानमा अपांगता भएका व्यक्तिका विषयमा धेरै कुरा समेटिएको बताउनुभएको छ । कुष्ठरोग नियन्त्रण महाशाखाको समन्वयमा आज आयोजित ‘अपांगतासम्बन्धी प्रथम राष्ट्रिय समीक्षा तथा योजना तर्जुमा गोष्ठी’मा संविधान निर्माणका समयमा अपांगताका विषय समेट्न यस क्षेत्रमा कार्यरत व्यक्तिले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री पोखरेलले भन्...

चौध वर्षदेखि फरार महिला पक्राउ

चौध वर्षदेखि फरार महिला पक्राउ
उर्लाबारी । लागू औषध गाँजा मुद्दामा १४ वर्षदेखि फरार एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर – १५ की ५५ वर्षीय धनेश्वरी साह सुडी रहेकी छिन् । उनलाई आज जिल्ला अदालत मोरङमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोस निरौलाले जानकारी दिनुभयो । अदालतले साहलाई सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । अदालतले लागु औषध मुद्दामा २०६० साल कात्तिक १९ ग...

जबर्जस्ती करणीबाट पीडित बालिका न्याय माग्दै

जबर्जस्ती करणीबाट पीडित बालिका न्याय माग्दै
गौशाला । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाकी एक बालिका जबर्जस्ती करणी उद्योगबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम जलेश्वरमा पुगेकी छिन् । स्थानीय कैलाश ठाकुर हजामका छोरा ३२ वर्षीय विजय ठाकुरले आफू घरमा एक्लै भएको मौकामा आएर उनलाई आँगनमा लछारपछार गर्दै लडाएर लुगाफाँटा च्यातिदिएको, शरीरभरि घाउ बनाइदिएको र संवेदनशील अंग समातेर जबर्जस्ती करणीको प्रयास गर्दा चिच्याएपछि छिमेकी आइपुगेकाल...

राजमार्ग आसपास अत्याधुनिक क्यामरा जडान

राजमार्ग आसपास अत्याधुनिक क्यामरा जडान
रत्ननगर। चितवनको टिकौली जंगलस्थित जैविक मार्ग ९करिडोर० क्षेत्रमा वन्यजन्तुमा परेको असरबारे क्यामरा जडान गरी अनुगमन शुरु गरिएको छ । यहाँका विभिन्न स्थानमा अत्याधुनिक प्रविधिको क्यामरा जडान गरी अनुगमन शुरु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्गको वरिपरि वन्यजन्तु तलमाथि गर्दा कस्तो असर परिरहेको छ भनेर अध्ययन गर्न क्यामरा ट्...

बाढी पहिरोले १३ घरमा पूर्ण क्षति

बाढी पहिरोले १३ घरमा पूर्ण क्षति
पोखरा। गएराति परेको भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले कास्कीको माछापुच्छ«े गाउँपालिका– ५ रिभान लामपाटाका १३ घरमा बाढी पसेर पूर्ण क्षति पु¥याएको छ । गाउँ भन्दा माथिबाट पहिरो आउँदै छ भन्ने प्राप्त सूचनाका आधारमा घरमा सुतेका सबै गाउँले भागेर सुरक्षित स्थानमा पुगेकाले मानवीय क्षति भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बाढी पहिरोले रिभानबाट हुम्दीतर्पm जाने दुईवटा मोटर चल्ने प...

नेपाली प्राध्यापक झा चिनिया अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त

नेपाली प्राध्यापक झा चिनिया अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त
काठमाडौं। नेपाली प्राध्यापक डा राजिवकुमार झा चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था थिंक ट्याङ्कको अन्तर्राष्ट्रिय विभागको संयोजकमा नियुक्त भएका छन् । चिनियाँ र अन्तर्राष्ट्रियस्तरका बुद्धिजीवीहरुको संलग्नतामा चीन सरकारद्वारा स्थापित संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय संयोजक तथा अनुसन्धातामा...

बलात्कार गर्न खोजेको भन्दै महिलाले गरिन् साहुजिको हत्या

बलात्कार गर्न खोजेको भन्दै महिलाले गरिन् साहुजिको हत्या
काठमाडौं । रक्ताम्य महिला सडकमा चक्कु बोकेर चिच्याउँदैछिन्, ‘मैले मारिदिँए’ मानिसहरु त्यस्तो दृश्य देखेर छक्क पर्दैछन् । घटना अघिल्लो बिहीबार १९ गते, मध्यदिन, ललितपुर ठेचोको हो । महिलाको हातमा रगत मुछिएको छुरा छ । भन्छिन्, ‘मलाई साहुजीले करणी गर्न खोेजे । ठाउँको ठाउँ उनलाई मारेर आएँ ।’ १०–१५ मिनेट कराएपछि सिआरभी भ्यान भेटिन् । त्यसले चौककीमा लगेर बुझायो । मुलुकी ऐनको व्यवस्था अनुसार करणी गर्न ...

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
नवलपरासी। यहाँको सुनवल नगरपालिका–७ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । नवलपरासी र रुपन्देही जिल्ला को सिमानामा पर्ने कजरार खोलामा माछा मार्ने क्रममा मंगलबार सुनवल–७, चारपाला निवासी ५० वर्षका शम्शेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ । मृतकको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी ल्याइएको प्रहरीले जनाएको छ ।

नदीमा तर्दै गर्दा बगेर एक बालकको मृत्यु

नदीमा तर्दै गर्दा बगेर एक बालकको मृत्यु
कैलाली। कैलालीको खुटीया नदीमा डुबेर मंगलबार एक बालकको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–१५ का १० वर्षीय भगत विष्टको बुबा जनकबहादुर विष्टसँग नदी तर्ने क्रममा बुबाको हातबाट छुटेर ज्यान गएको सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प, फूलबारीका इन्चार्ज नवराज शाहीले जानकारी दिए । नदीमा बगेको करिब डेढ घण्टापछि १०० मिटर तल बालकको शव फेला परेको जनाइएको छ ।
error: Content is protected !!